दुई संसदीय समितिका बैठक बस्दै, प्रहरी हिरासत अनुगमन प्रतिवेदन र विधेयकमा छलफल हुने

लोकपथ
371
Shares
फाइल तस्बिर

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक निर्धारण गरिएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न प्रदेशका प्रहरी हिरासतहरूको स्थलगत अनुगमनसम्बन्धी उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ । छलफलमा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर, मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी तथा लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लाका प्रहरी हिरासतको अवस्था समेटिएको छ ।

यस्तै, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?