१६ वर्षपछि पिएन क्याम्पसमा स्ववियु निर्वाचन : मतदान जारी

लोकपथ
1.2k
Shares

काठमाडौं । देशकै ठूलो मध्येको एक पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) मा आज स्ववियु निर्वाचन हुँदैछ । गत चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि आन्तरिक विवादका कारण रोकिएको चुनाव आज हुँदैछ ।

२०६५ सालपछि पिएनमा १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । जुन देशभरकै सबैभन्दा विद्यार्थी मतदाता रहेको क्याम्पस पनि हो ।

पिएनमा ८ जनाले स्ववियु सभापतिका लागि प्रतिष्पर्धामा रहेका छन् । जसमा नेकपा एमाले निकट अनेरास्वियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेविसंघबाट सुशिल न्यौपाने र माओवादी केन्द्रबाट अखिल क्रान्तिकारीबाट नविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यता एकीकृत समाजवादी निकट अनेरास्ववियू, अखिल समाजवादी विप्लव, अखिल क्रान्तिकारी बहुमतसहितको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले अध्यक्षमा उम्मेदवारी दिँदा विप्लबी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघिका निर्वाचनहरुमा अशान्त रहने पिएन क्याम्पसमा यसपाली भने शान्त वातावरणमा चुनाव भइरहेको छ । बिहान ८ बजेबाट मतदान सुरु भएको पिएनमा अपरान्ह ४ बजेसम्म निर्वाचन हुनेछ ।

त्यसो त चैत ५ गते रोकिएको स्ववियु निर्वाचनको मतदान आज हुँदैछ ।

विद्यार्थी संगठनहरुबीचको आन्तरिक विवादका कारण काठमाडौं उपत्यकाका मुख्य मानिने क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?