काठमाडौं । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९ सय र चाँदी तोलामा १५ रुपैयाँले घटेको हाे ।
गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया