काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरुष आज बिहान मृत भेटिएका छन् ।
प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार, खोटाङ केपिलासगढी गाउँपालिका–२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका हुन् । राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ ।
डीएसपी न्यौपानेले ढुंगाले हिर्काएर ती वृद्धको हत्या गरिएको हुन सक्ने बताए । घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद भएकाले हत्या आशंकामा बल पुगेको पनि उनले बताए ।
मृतक वृद्ध कवाडी सामान टिप्ने काम गर्दै आएका थिए । प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया