दलितको घर भत्काएर महायज्ञ : दोषीलाई कारबाही गर्न झलनाथको माग

लोकपथ
364
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सिरहामा हालै एक दलित परिवारको घर भत्काएर महायज्ञ गर्न लागेको र विकसित घटनाक्रमबारे आपत्ति जनाएका छन् ।

महायज्ञ लगाउने भन्दै जिल्लाको औरही गाउँपालिका–५ का दीपक मलिक (डोम) को घर नै भत्काइएको थियो ।
लामो समयदेखि सो क्षेत्रमा बस्दै आएका दीपकको परिवारलाई नै विस्थापित गरेर महायज्ञका नाममा घर नै भत्काइएपछि सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।

सो विषयमा कटाक्ष गर्दै खनालले दोषीमाथि कारबाही गर्न समेत माग गरेका छन् ।

‘म सिरहा जिल्लाको औरही गाविसमा भएको दलित परिवारविरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भत्र्सना गर्दछु । साथै त्यस्ता अन्यायमा परेका जनताका पक्षमा त्यहाँका जनप्रतिनिधिहरु किन खडा हुन् सकेनन् ? स्थानीय प्रशासनले ती पीडित परिवारको किन रक्षा गर्न सकेन ? म गम्भीर रुपमा उनीहरुमाथि प्रश्न उठाउन चाहान्छु । साथै त्यस जिल्लामा रहेका हाम्रा पार्टीका कार्यकर्ताहरु, अन्य सबै उत्पीडनका विरुद्ध रहनुभएका जनसमुदायहरु, राजनीतिक पार्टीहरु, जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र प्रहरीलाई समेत उत्पीडित परिवार र जनताका निम्ति दृढतापूर्वक खडा हुन र अन्याय गर्ने दोषीहरुलाई कडा कारबाही गर्न म जोडदार आग्रह गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त घटनापछि सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृहमन्त्रालयमा तानिएका छन् ।

त्यस्तै घटनामा संलग्न औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?