गणतन्त्रवादीलाई ४ प्रश्न गर्दै राप्रपाका प्रवक्ता भन्छन्– ‘अब इतिहासले हिसाब खोज्छ’

लोकपथ
602
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहनकुमार श्रेष्ठले राजसंस्था फर्किन असम्भव नरहेको दाबी गरेका छन् ।

उनले षडयन्त्रपूर्ण ढंगले राजतन्त्रको अन्त्य गरिएको आरोप लगाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिपछि केही नेताहरुमा छटपटी देखिएको टिप्पणी गरे ।

उनले तत्कालीन राजा र राजनीतिक दलहरुबीच ०६३ साल वैशाख ११ गते प्रतिनिधि सभा पुनस्थापना भएको भन्दै अहिले राजतन्त्र फर्किन असम्भव नरहेको दाबी गरे ।

‘षडयन्त्रमुलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी केही दिन यता हेरिनसक्नु छ ! ०६३ बैशाख ११ गते राजा र आन्दोलनरत राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनस्स्थापित भयो, सहमति हककुदैगर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्वीकार गरिएको थियो,’ उनले भने ।

त्यस्तै उनले ०६३ साल जेठ ४ गते प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्वीकार गरिएको बताउँदै तत्कालीन राजासँगको सहमति विपरित राजसंस्था पार लगाइएको बताए ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै गणतन्त्रवादी नेताहरुलाई ४ प्रश्न समेत गरेका छन् । साथै उनले पुराना दिन र हिसाव सकिएको भन्दै अब इतिहासले हिसाव खोज्ने र नयाँ नेतृत्वको पालो आउने समेत बताए ।

‘ती दिन गए, अब नयाँका दिन आउनेछ आउनैपर्छ । इतिहासले हिसाब खोज्छ,’ उनले भनेका छन् ।

उनको प्रश्न छ :

– राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो ?
– यस कुकर्ममा को–को, कुन उद्धेश्यका लागि कसको इशारामा संलग्न भए ?
– ०५९ मा शेरबहादुर देउवाले विघटन गरेको अर्थात् मरिसकेको प्रतिनिधिसभा ०६३ मा पुनःस्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रुपमा पाखा लगाइएको राजसंस्था पुनःस्थापना हुन किन सक्दैन ?
– जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरुलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?