काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरूलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा ‘कर्मचारी सेवा सर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा सर्त विनियमावली कर्मचारी हकहितका लागि लागू गरिएको बताए । उनले विनियमावली नेपाल सरकारको नियम र कानुनमा रहेर कार्यान्वयनमा ल्याइएको बताए ।
नियम कानुनअनुसार कर्मचारीहरूको हकहितका लागि विनियमावलीमा संशोधन वा थप्नुपर्ने कुरा भए आफू तयार रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया