ज्ञानेन्द्र संवैधानिक राजा पनि बन्न सक्दैनन्, राप्रपाको अध्यक्ष बने हुन्छ : देउवा

लोकपथ
5.5k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न नसक्ने दाबी गरेका छन् ।

आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै देउवाले सो कुरा बताएका हुन् ।

पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिमाथि कटाक्ष गर्दै देउवाले ज्ञानेन्द्रलाई राजनीति गर्ने रहर भए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष बनाए हुने भन्दै आक्रोश व्यक्त गरे ।

‘ज्ञानेन्द्र संवैधानिक राजा पनि हुन सक्दैनन् । पछि राप्रपा पनि पछुताउँछ । राप्रपाले पार्टी सभापति बनाए हुन्छ बरु राप्रपाको । राजनीति गर्नुछ भने पार्टी खोलेर राजनीति गरे भैहाल्यो । पार्टी खोले भने पनि दुख पाउँछन्, राप्रपाले पनि दुख पाउँछ,’ उनले भने ।

त्यस्तै राजावादी शक्तिहरुको चलखेल बढिरहेको भन्दै त्यसमा डटेर सामना गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?