काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित कार्यक्रममा बोल्दै उनले यस्ता बताएका हुन् ।
उनले अहिले पनि ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र विद्युत् प्राधिकरणबीचको विवादलाई हेर्दा नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए ।
उनले अहिले पनि नेपालमा लोड सेडिङ हुन्छ की हुँदैन भनेर विवाद गर्नु भनेको पर्याप्त बिजुली नरहेको बताए । उद्योग क्षेत्र र जलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने उनका भनाइ छ ।
उनले जलविद्युतमा लगानीकर्ताहरू दिनप्रतिदिन बढिरहेको बताउँदै २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिए ।
जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने उनको भनाइ छ ।
अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने कुरामा आफूहरू अघि बढिरहेको बताए । उनले यसका लागि करिब २० वटा सुझाव आफूहरूले पनि सरकारलाई दिएको बताए ।
ऊर्जा उत्पादन बढाउनका लागि शक्तिशाली ऊर्जा मन्त्रालय हुनुपर्ने र एकद्वार प्रणाली कायम हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष कार्कीले नेपाललाई समृद्ध बनाउने पाटो जलविद्युत नै रहेको बताए । उनले ऊर्जाको उत्पादनलाई बढाउनसके डिजेल र पेट्रोलको आयात घटाउन सकिने बताए । उनले ऊर्जा क्षेत्रमा अहिले ६५ लाख भन्दा बढी नेपालीले लगानी गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया