काठमाडौं । साताको पहिलो कारोबार दिन धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको छ ।
आज शेयर बजार मापक नेप्से परिसूचकमा ५३ दशमलव ४ अंकको गिरावट आएको हो । १ दशमलव ९८ प्रतिशतले बजार घट्दा २ हजार ६ सय १६ बिन्दुमा शेयर बजार रोकिएको छ ।
आज कारोबार रकम समेत घटेको छ । आज १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता शेयर ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
आज कारोबारको सुरुमा बढेको शेयर बजार निरन्तर घट्दै जाँदा १३ वटा मात्र कम्पनीको शेयर मूल्य बढेको छ । तर २३० वटा कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
त्यसो त आज कारोबारमा आएकोमध्ये कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड, एनएमबी ५०, सांग्रिला डेभलवमेन्ट बैंक लगायतमा लगानी गर्ने लगानीकर्ताहरुले बढी नाफा कमाएका छन् । यता मैथिली लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया