सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशासन प्रवर्द्धनसम्बन्धी विधेयक : मन्त्री गुरुङ 

लोकपथ
266
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विद्यमान कानुनहरूले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले सरकारले गरेको राम्रो कामको समेत विरोध गर्ने प्रतिपक्षको धर्म भएको उल्लेख गर्दै यसको कुनै ओखति नभएको तर्क गरे । उनले सरकारले कति वटा ऐन संशोधन गर्‍यो भन्दा पनि कानुनमा कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्न जरुरी रहेको बताए । उनले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई सत्तापक्षले फुलमाथिको बुट्टा र सुनमाथिको सुगन्ध जस्तो मानेको उल्लेख गरे ।

विधेयकले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी विदुषि योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय राख्ने प्रस्ताव गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?