काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको छ । तोकिएको समय भन्दा ढिला गरि कांग्रेसको बैठक सुरु भएको हो ।
आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको थियो । तर केहीबेरअघि मात्रै बैठक सुरु भएको हो । अहिले कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक बसिरहेको छ ।
आजको बैठकमा भ्रातृ संस्थाको महाधिवेशनको मिति सार्ने विषयमा छलफल हुने बताइएको छ । बैठक सुरु हुनुअघि शीर्ष नेताहरुले छुट्टाछुट्टै छलफल समेत गरेका थिए ।
त्यस्तै आजको बैठकमा पछिल्लो समय व्यवस्थामाथि उठेको प्रश्न र राजावादीहरुले गरिरहेको आन्दोलनबारे समेत छलफल हुने बताइएको छ । कांग्रेसले भने समसायिक विषयमा छलफल हुने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया