काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल क्याम्पस) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १ हजार २ सय ९१ मत खसेको छ ।
बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो ।
उक्त क्याम्पसमा १ हजार ९ सय ४८ मतदाता रहेको क्याम्पसमा ६८ प्रतिशत मत खसेको निर्वाचन समितिलेजनाएको छ ।
त्यस्तै आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको थियो । तर विद्यार्थी संगठनको आन्तरिक विवादका कारण आजसम्मका लागि निर्वाचन सारिएको थियो ।
त्यसो त आजै देशकै सबैभन्दा बढी विद्यार्थी मतदाता रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा समेत स्ववियु निर्वाचन भएको थियो ।
स्ववियु निर्वाचन : अस्कलमा शान्त वातावरणमा मतदान जारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया