‘ओली, प्रचण्ड, देउवा र बाबुराममा विदेशमा रहेको सम्पत्ति कसरी लुकाउने भन्ने चिन्ता देखियो’

लोकपथ
861
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति नेताहरुले दिइरहेको अभिव्यक्ति जवाफ दिन योग्य नरहेको टिप्पणी गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले नाम नै तोकेर प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको अभिव्यक्तिहरु जवाफ योग्य नै नरहेको बताएका हुन् ।

साथै उनले नेताहरुको अभिव्यक्ति हतास मनस्थितिको उपज र असफलताको प्रमाण रहेको टिप्पणी गरे ।

पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिबारे नेताहरुले आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

सो विषयमा कटाक्ष गर्दै अध्यक्ष थापाले विदेशमा लुकाएको सम्पत्ति कसरी जोगाउने भन्ने छटपटी नेताहरुमा रहेको टिप्पणी गरे ।

‘प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थावारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन्।त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलताको प्रमाण हो।लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र विदेशमा लुकाएको सम्पति कसरी जोगाउने भन्ने छटपटी हो । जनभावनाको अनादार नगर्न आग्रह छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?