सालकको खपेटासहित एक जना पक्राउ

लोकपथ
315
Shares

काठमाडौं । सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङ रहेका छन् ।

उनको साथबाट सालकको खपेटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रुपैयाँ र मोबाइल १ थान फेला परेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त   खपेटा सहित शनिबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?