क्षयरोग संक्रमित महिलाको तुलनामा पुरुष धेरै छन् : डा. श्रीराम तिवारी

लोकपथ
336
Shares

काठमाडौं । क्षयरोगका ४० प्रतिशत बिरामीहरू समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । 

सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिए । 

उनले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको समेत जानकारी दिए । उनले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरूको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।  

क्षयरोगी बिरामीहरूमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको बताए । तिवारीकारअनुसार १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको संक्रमण बढ्दै गएको छ ।

क्षयरोग बिरामीहरूमा १४ वर्षमुनिका बालबालिकाहरू ८.६ प्रतिशत रहेको बताए । क्षयरोग भए/नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्ने क्रम समेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?