काठमाडौ । देशकै मुख्य मानिने अमृत साइन्स क्याम्पस (अस्कल) क्याम्पसमा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा जित हासिल गरेको छ ।
आइतबार सम्पन्न निर्वाचनमा अनेरास्ववियुले प्यानलसहित आफ्नो विरासत पुनः फर्काएको हो ।
त्यसो त यसअघि अघिल्लो निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियुमा जितेको थियो । तर सभापतिमा अनेरास्ववियुबाट रुद्रहरी पोखरेलले ६८९ मतसहित सभापतिमा प्यानलसहित निर्वाचित भएका हुन् ।
यता नेविसंघबाट सभापतिको उम्मेदवार बनेका राजु् लामिछाने (राजु मास्टर) ले १५७ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार विश्रान्त शर्माले ३६३ मत प्राप्त गरे ।
सुरुवातदेखि नै अनेरास्ववियुको विरासत रहेको अस्कलमा २०५३ सालमा भने हालका स्वास्थ्यमन्त्री रहेका प्रदीप पौडेलले स्ववियु सभापतिमा निर्वाचन जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया