काठमाडौं । प्रधानमन्त्री मार्क कार्नीले गभर्नर जनरल मेरी साइमनलाई संसद् भंग गर्न र अप्रिल २८ मा प्रारम्भिक चुनावको आह्वान गरेपछि क्यानडा चुनावी अभियानमा प्रवेश गरेको छ ।
लिबरल नेतृत्वको दौड जितेपछि मार्च १४ मा प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न र सबैको लागि काम गर्ने अर्थतन्त्र निर्माण गर्न क्यानेडियनहरूलाई जनादेशको लागि आग्रह गरे ।
क्यानडालाई सुरक्षित गर्न, क्यानडामा लगानी गर्न, क्यानडा निर्माण गर्न, क्यानडालाई एकतावद्ध गर्न बाँकी रहेको बताए ।
निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी पाएको एजेन्सी इलेक्सन क्यानडाकाअनुसार अभियान चुनावको दिनभन्दा एक दिन अगाडि अप्रिल २७ मा समाप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया