राजावादीहरुको गतिविधिपछि पुनः रोकियो माओवादीको जागरण अभियान

लोकपथ
1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुनः हुलाकी राजमार्ग अन्तर्गत जागरण अभियान केही दिनका लागि स्थगित गरेको छ ।

गत फागुन १२ गतेबाट माओवादी केन्द्रले तराई मधेश केन्द्रित जागरण अभियान सुरु गरेको थियो । पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति, गतिविधि र राजावादीहरुको सक्रियतापछि माओवादी केन्द्रले व्यवस्थाको पक्षमा आन्दोलनको घोषणा नै गरेको छ ।

आगामी फागुन १५ गते शक्ति प्रदर्शन गर्न लागेको माओवादीले त्यसको तयारी स्वरुप थप ५ दिनका लागि जागरण अभियान स्थगित गरेको हो ।

आगामी चैत १६ गतेबाट पुनः अभियान सुरु हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

अभियान अन्तर्गत आज कुनै कार्यक्रम नभए पनि प्रचण्ड आज चितवनमा नै रहेका छन् । प्रचण्ड साँझ काठमाडौं आइपुग्ने र शीर्ष नेताहरुको छलफलमा सहभागि हुने आचार्यले बताए ।

माओवादी केन्द्रले गत फागुन १२ गतेबाट नेपालकै होचो स्थान झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो । तर फागुन २५ गते पूर्वराजा पोखराबाट काठमाडौं आउँदा राजावादीहरुले भव्य स्वागतको तयारी गरेपछि भने माओवादीले जागरण अभियान नै स्थगित गरेर त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

रोकिएको माओवादीको जागरण अभियान बिहीबारबाट पुनः सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?