काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधि र राजावादी शक्तिहरुको शक्ति प्रदर्शनप्रति कटाक्ष गरेका छन् ।
प्रजातन्त्र दिवसमा पूर्व राजाले दिएको अभिव्यक्ति र त्यसपछि राजवादी शक्तिहरुले एकताको प्रयास गरिरहेका छन् ।
त्यसबारे प्रतिक्रिया जनाउँदै पूर्वमन्त्री समेत रहेका बास्कोटाले राजा फर्काउने नाममा पूर्वपञ्चहरु एक हुने र आगामी निर्वाचनमा शक्ति आर्जन गर्ने तयारी मात्रै रहेको टिप्पणी गरे । साथै राजा फर्काउने चाहना आकाशको जुनतारा खसाल्ने सपना जस्तै रहेको भन्दै टिप्पणी गरे ।
‘राप्रपाहरुले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पुर्व पन्चहरुको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।अरु त आकाशको जूनतारा खसाल्ने सपना न हुन्,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया