काठमाडौं । पर्वत र पाँचथरमा दुई किशोरी बलात्कृत भएका छन् । ती किशोरीमाथि बलात्कार गरेको अभियोगमा दुई युवकलाई पक्राउ गरिएको छ ।
पर्वतको जलजलाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा जलजला गाउँपालिका–९ बनौ घर भई कुस्मा नगरपालिका–६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मगरमाथि गत मंसिरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो । बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, पाँचथरको हिलिहाङकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले हिलिहाङ गाउँपालिका–४ घर भएका २६ वर्षीय दोर्ण रसाइलीलाई शनिबार साँझ पक्राउ गरेको छ । उनीमाथि ती किशोरीलाई फिदिम नगरपालिका–२ रमिते डाँडास्थित रमिते होटेलमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया