महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लोकपथ
49
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा देशभर सातै प्रदेशमा सञ्चालन गरेको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरू सम्पन्न गरेको छ । चैत ४ गते देखि सुरु गरिएको साताव्यापी रूपमा मनाइएको यो  अभियान चैत १० गते सम्पन्न भएको हो ।

यस अभियान अन्तर्गत बैंकका सातै प्रदेशमा रहेका शाखा तथा प्रादेशिक कार्यालयहरूमार्फत विभिन्न वित्तीय सचेतना कार्यक्रमहरू संचालन गरिएको हो ।

यस ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरु गरेको थियो  ।

यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका गंगबु, धनगढी, चन्द्रनिगापुर, दमौली, इटहरी, जनकपुर ,वीरगन्ज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रिय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरूले विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लागि वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको थियो  ।

देश भरी गरिएको कार्यक्रमहरुमा  १२०० जना भन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितो पत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको थियो । साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरू समेत प्रसारण गरिएको थियो ।

यस कार्यबाट किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?