काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल जिल्ला काठमाडौंको वनस्थली बस्ने ६५ वर्षीय उप्रेतीलाई काठमाडौं महानगरपालिका-१६, बनस्थलीबाट प्रहरीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत अनुसन्धानपछि सर्वोच्च अदालतको २०८१ मंसिर १२ गतेको फैसलाले उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना तथा ६ महिनाको कैद सजाय तोकेको थियो ।
पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको र अदालतले उनलाई डिल्लीबजार कारागार चलान गर्ने आदेश दिएको ब्यूरोले जनाएको छ ।
उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत दिनेश लुइँटेलद्वारा तयार पारिएको प्रतिवेदनका आधारमा अघि बढाइएको थियो । उजुरीका अनुसार, उप्रेतीले गैरकानुनी रूपमा ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको पाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया