काठमाडौं । देशकै सबैभन्दा धेरै विद्यार्थी मतदाता रहेको पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन क्याम्पस) को स्ववियु निर्वाचनको मतगणना जारी रहेको छ ।
आइतबार पिएनमा स्ववियु निर्वाचनको मतदान भएको थियो । नारी मतगणना अनुसार एमाले निकट अनेरास्ववियुले अग्रता कायम गरेको छ ।
केहीबेरअघि सार्वजनित तथ्यांक अनुसार २ सय मतको गणना गर्दा अनेरास्ववियुका विष्णु पोखरेलले ८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेविसंघका सुशिल न्यौपानेले ३८ मत, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४ मत, अखिल क्रान्तिकारीका नवीन अधिकारीले १७ मत प्राप्त गरेका छन् ।
आइतबार नै मतदान सम्पन्न भए पनि आज मात्र मतगणना गरिएको हो । २०६५ सालपछि १६ वर्षपछि मात्रै पिएन क्याम्पसमा स्ववियु निर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया