काठमाडौं । साताको पहिलो कारोबार दिन भारी अंकले गिरावट भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार भने सुधार देखिएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक आज ३० दशमलव ५२ अंकले वृद्धि भएको हो । आज १ दशमलव १६ प्रतिशतले बजार वृद्धि हुँदा बजार बिन्दु भने २ हजार ६ सय ४५ अंकमा पुगेको नेप्सेले जनाएको छ ।
आज बजार बढे पनि कारोबार रकम भने झनै घटेको छ । आइतबार ६ अर्ब बढीको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार चार रुपैयाँ बराबरको कारो.बार भएको नेप्सेले जनाएको छ । त्यस्तै आज ९७ लाख ३९ हजार ७ सय ३८ कित्ता बराबर शेयर कारोबार भएको छ ।
त्यस्तै आज कारोबारमा आएकामध्ये २१० वटा कम्पनीहरुको शेयर मूल्य बढेको, ३३ वटा कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार कारोबारमा आएकामध्ये गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । यता उपकार हेवाखोला हाइड्रोपावर कम्पनी, नारायणी डेभलबमेन्ट बैंक लिमिटेड, सांग्रिला डेभलबमेन्ट बैंक डिबेन्चर लगायतमा लगानी गर्ने लगानीकर्ताहरुको धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया