त्रिचन्द्र क्याम्पसमा हुने भयो स्ववियु निर्वाचन, मिति तोकियो

लोकपथ
273
Shares

काठमाडौं । देशकै महत्वपूर्ण मानिने त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तय भएको छ ।

विद्यार्थी संगठनको आन्तरिक किचलोका कारण गत चैत ५ गते रोकिएको स्ववियु निर्वाचन आगामी चैत १३ गते हुने भएको हो ।

निर्वाचन अधिकृत अङ्दमणि गौतमले सूचना जारी गर्दै चैत १३ गते बुधबारका दिन स्ववियु निर्वाचन हुने तय भएको जानकारी गराएका हुन् ।

उनका अनुसार मतदान बिहान ८ बजेबाट हुनेछ ।

त्यसो त यसअघि चैत ५ गतेका लागि मतदानको मिति तोकिएको थियो । तर विद्यार्थी संगठनमा देखिएको आन्तरिक किचलोका कारण तालाबन्दी भएसँगै निर्वाचन रोकिएको हो ।

हरेक २–२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता हुन सकेको छैन । यसअघि ०७९ सालमा काठमाडौं मुख्य मानिने अरु कलेजहरुमा स्ववियु निर्वाचन भए पनि त्रिचन्द्रमा भने चुनाव हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?