काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्ने बताएका छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले महिलाहरु कमजोर नभएको बताए । उनले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने बताए । उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बताए । उनले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसकेको भन्दै महिलालाई अवसर दिनु जरुरी रहेको बताए ।
मन्त्री यादवले खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया