अस्पताल बनाएर मात्रै हुँदैन, दक्ष चिकित्सक उत्पादन जरुरी : मन्त्री पौडेल

लोकपथ
287
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्न सक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताए । उपत्यकाभित्र निर्वाह हुने स्थिति रहे पनि उपत्यकाबाहिर कतिपय स्वास्थ्य संस्थाहरु शून्यताको स्थिति रहेको बताए ।

उनलेआफ्नो भूगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको बताए । जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताए । आवश्यक जति तलब दिन नसके पनि निर्वाह हुने सम्मको तलब सुविधाको व्यवस्था गर्न आवश्यक रहेको पनि मन्त्री पौडेलले बताए ।

उनले अस्पताल, मन्त्रालय बनाएको नागरिकका लागि बनेको भन्दै नागरिकका लागि सहज हुने परिस्थिति बनाउन आवश्यक जरुरी रहेको बताए ।  उपचार सेवाबाट कसैले पनि विमुख हुनुपर्ने स्थिति हुन नदिन सरकारले काम गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?