काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबिच छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने केही बेर अघि सिंहदरबार पुगेका हुन् ।
उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी छन् ।
बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया