काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले ‘५औँ राष्ट्रिय फोटो पत्रकारिता अर्वाड २०२५’ आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।
नेपालमा फोटो पत्रकारिता गर्दै आएका फोटो पत्रकारलाई प्रोत्साहन र नयाँलाई हौसला प्रदान गर्न उक्त अर्वाड आयोजना गर्न लागिएको बताइएको छ ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, दैनिक जीवन फोटो पत्रकारिता, खेलकुद फोटो पत्रकारिता, महिला फोटो पत्रकारिता, पर्यटन तथा सांस्कृतिक फोटो पत्रकारिता, आर्थिक फोटो पत्रकारिता, राजनैतिक फोटो पत्रकारिता, मनोरञ्जन फोटो पत्रकारिता र स्वतन्त्र फोटो पत्रकारिता गरी जम्मा १६ वटा विधाको अवार्डमा ट्रफी र सम्मान पत्र प्रदान गरिने बताइएको छ ।
अवार्डमा सहभागी हुने फोटो पत्रकारले यही चैत ३० गते राति १२ बजेसम्म पठाइसक्नुपर्नेछ । प्रत्येक विधामा उत्कृष्ट पाँच वटा फोटोहरु पठाउनुपर्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया