कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए

लोकपथ
938
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–७ कालो पुलमा रहेको गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका सात टहरा भत्काइएका छन् ।

आज उक्त स्थानमा अवैध रूपमा निर्माण गरिएका सात संरचना भत्काइएका र अन्य तीन संरचना भत्काउन बाँकी रहेका महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए ।

उक्त संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गामुडा गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको पनि उनले बताए । उक्त स्थानमा विगत ४० वर्षदेखि बसोबास गरी विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरी, वडा नं ७ का वडाध्यक्ष, स्थानीयबासीको रोहवरमा गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमित संरचना भत्काइएका हुन् । गुठी संस्थानले कामपालाई संरचना भत्काउन सहयोग मागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?