काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको नेतृत्वबाट हटाएको हो ।
सरकारले यसअघि नै कुलमानलाई हटाउन पटकपटक स्पष्टीकरण सोधेको थियो । जवाफ चित्त नबुझेको भन्दै यसअघि नै हटाउने तयारी गरेको थियो । तर चौतर्फी विरोध भएपछि पछि हटेको सरकारले उनलाई हटाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया