काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय समिति गठन भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्यणुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो ।
उक्त समितिमा उपप्रधानमन्त्री पौडेलसहित पूर्वमन्त्री विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् ।
हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ । त्यसअघि नै गभर्नर नियुक्तिका लागि सरकारले कदम चालेको हो ।
त्यस्तै आजको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया