काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसैगरी आजको बैठकले यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो ।
शाक्य यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला कार्यकारी निर्देशक बनेका थिए ।
सरकारले कुलमानलाई यसअघि नै हटाउने रणनीति लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया