प्राधिकारणबाट कुलमानलाई हटाएको भन्दै सरकारमाथि खनिए प्रचण्ड

लोकपथ
5.7k
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएको हो ।

त्यससँगै सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले सरकारले गलत निर्णय गरेको भन्दै आपत्ति जनाए ।

‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकि बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यसो त सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयको चौतर्फी विरोध भइरहेको छ । तर सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने सरकारले यो निर्णय नै नगरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?