काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन केन्द्र सरकारप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै काठमाडौं महानगरपालिका सरसफाई कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको भन्दै कटाक्ष गरेका हुन् ।
त्यसो त केन्द्र सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सबैको महानगरका सबैको तलब रोकिएको खबर बाहिरिएको थियो ।
उनले एक हप्ताभित्र तलब नआए आफूले सबैलाई टुकुचामा गाड्दिने चेतावनी समेत दिएका छन् ।
‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया