सरकारको निर्णयमा गगनको असन्तुष्टी, भने– ‘उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुगिँदैन’

लोकपथ
2.6k
Shares

काठमाडौं । सरकारको निर्णयमा सत्तारुढ दल नेपाली कांग्रेसकै असन्तुष्टी देखिएको छ ।

विशेषतः सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टी जनाएका छन् ।

आजको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।

सोही विषयमा असन्तुष्टी जनाउँदै पूर्वमन्त्री समेत रहेका थापाले आम नागरिकमा असन्तुष्टी बढ्दै गइरहेका बेला सरकारले आगोमा मट्टितेल थप्ने काम गरेको भन्दै कटाक्ष गरे । साथै आफूहरुले सही काम गर्नका लागि सहयोग गर्दागर्दै सरकारले बाटो बिराएको समेत टिप्पणी गरेका छन् ।

‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो।। तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,’ उनले भनेका छन् ।

यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयमा आपत्ति जनाएका छन् । उनले सरकारलाई उक्त निर्णय फिर्ता लिन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?