स्ववियु निर्वाचन : १६ वर्ष पछि पनि पिएन क्याम्पसमा अनेरास्ववियुको विरासत कायमै, प्यानल नै विजयी

लोकपथ
476
Shares

काठमाडौं । देशकै सबैभन्दा ठूलो मानिने पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन) मा स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलनै विजयी भएको छ ।

आइतबार भएको निर्वाचनको आज आएको अन्तिम परिणाम अनुसार विष्णु पोखरेल ११०५ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ मत र स्वतन्त्र उठेकी विप्लवी न्यौपानेले ४६९ मत प्राप्त गरेकी थिइन् ।

यता सचिवमा अनेरास्वयिुबाट विराट दुवाडी र कोषाध्यक्षमा सन्दिका गुरुङ निर्वाचित भएका छन् । दुवाडी १ हजार ४ सय १३ मत प्राप्त गरेका हुन् भने गुरुङले १ हजार ३ सय ४ मत प्राप्त गरिन् ।

०६५ सालपछि पिएन क्याम्पसमा अहिले निर्वाचन भएको हो । एमाले निकट अखिलको मुख्य किल्ला मानिने पिएनमा १६ वर्षपछि पनि आफ्नो विरासत जोगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?