काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) महानगरको कर्मचारीको विषयमा केन्द्र सरकारसँग रुष्ट बनेका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक समेत गरेका छन् । उनले गुरागाईँलाई भ्रष्टाचारीको संज्ञा दिँदै आफूले पेस गरेको प्रतिवेदन गलत भए जेल हाल्न समेत चुनौती दिए ।
‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल,’ उनले भनेका छन् ।
केन्द्र सरकार र महानगरको टकरावकाबीच लामो समयदेखि महानगर प्रमुख प्रशासकीय अधिकृतवीहिन भएको छ । बालेन निरन्तर केन्द्र सरकारविरुद्ध खनिँदै आइरहेका छन् ।
यी हुन् बालेनले पेस गरेका कागजात :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया