विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्थामा कडाई

लोकपथ
2.8k
Shares

काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सरकारले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेसँगै त्यसको चौतर्फी विरोध भइरहेको छ । केही दल र उनीहरु निकट भ्रातृ संगठनलेविरोधका कार्यक्रम नै घोषणा गरेसँगै सरकारले त्यहाँ सुरक्षाकर्मी बढाएको हो ।

त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो रुपमा उपस्थिति रहेको छ ।

सरकारले कुलमानलाई हटाएसँगै सरकारको चौतर्फी विरोध भइरहेको छ ।

विपक्षी दलमात्र नभइ सत्तारुढ नेपाली कांग्रेसले समेत चर्को विरोध जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?