भिसाको ‘दशैँ क्याम्पेन २०२४’ मा कुमारी बैंकका ग्राहक गोकुल थापा विजेता

लोकपथ
63
Shares

काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दशैँ क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहक गोकुल थापा पहिलो स्थान हासिल गर्दै विजेता बनेका छन् । त्यस्तै, कुमारी बैंककै अर्को कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेतामा पर्न सफल भएका छन् ।

नेपालभर भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा, नेपालका विभिन्न भिसा मेम्बर बैंकहरूका कार्ड प्रयोगकर्ताहरूबाट उत्कृष्ट २५ जनालाई विजेता चयन गरिएको थियो ।

विजेताहरूले २ जनाका लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट पुरस्कारस्वरूप प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?