‘पूर्वपतिसँग कुरा गरेको’ भन्दै श्रीमतीको हत्या, त्यसपछि आत्महत्या प्रयास

लोकपथ
2.7k
Shares

झापा । झापाको कनकाई नगरपालिका–५ नारायणदल चोकमा डेरा गरी बस्ने ताप्लेजुङका एक व्यक्तिले श्रीमतीको हत्यापछि आत्महत्या प्रयास गरेका छन् ।

सो ठाउँका ३९ वर्षीय लालबहादुर सार्कीले खुकुरी प्रहार गरी श्रीमती ४० वर्षीया मनिषाको हत्या गरेपछि आफ्नो घाँटी आफैँ रेटेर आत्महत्या प्रयास गरेका हुन् । गम्भीर घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, मनिषाले पूर्वपतिसँग फोनमा बोलेको निहुँमा उनीहरूबिच विवाद बढेको थियो । विवादले चर्को रूप लिँदा लालबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । श्रीमतीको मृत्यु भएको निश्चित भएपछि उनले पनि आत्महत्या प्रयास गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?