काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार तीन सय रूपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन तोलमा १ लाख ७३ हजार पाँच सय रूपैयाँमा कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य भने आज पनि स्थिर नै रहेको छ । सोमबार तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया