न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश राउत

लोकपथ
623
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताएका छन् । मंगलबार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानुन व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गरे । उनले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने बताए । न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको बताए ।

उनले प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताए । प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?