काठमाडौं । अनलाइन प्रणालीमा अनधिकृत पहुँच बनाएर अवैध लाभ लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ, रंगेली नगरपालिका–७ का ४५ वर्षीय विकास भारती र गोरखा, अजिरकोट गाउँपालिका–३ का ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् । हाल उनीहरु दुवै जना काठमाडौं, तारकेश्वर नगरपालिकामा बसोबास गर्दै आएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहलाई गौशाला, बत्तीसपुतली क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले बुद्ध एयरको हवाई टिकट खरिद–बिक्रीको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्याई आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको पाइएको छ ।
हाल पक्राउ परेका दुवै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया