सिराहामा बोराभित्र कुहिएको शव, अनुसन्धान गर्दै प्रहरी

लोकपथ
826
Shares

सिराहा । सिराहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र शव फेला परेको छ । शव कुहिएको अवस्थामा भेटिएकोले पहिचान गर्न अप्ठ्यारो भएको प्रहरीले जनाएको छ । अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ । 

यो समाचार लेखिरहँदा प्रहरी घटनास्थलमा पुगेर शव उठाउने काम गरिरहेको छ । 

इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुका अनुसार, शवको कसको हो भन्ने कुरा अहिले यकिन हुन सकेको छैन । 

सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकाले उनको हुनसक्ने पनि आशंका गरिएको छ । गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन त्यस दिन बिहान ९ बजे घरबाट निस्केकी थिइन् । त्यस दिनदेखि उनी बेपत्ता छिन् । उनकी आमा जाहेदा खातुनले चैत १ गते मा प्रहरीमा छोरी हराएको भन्दै निवेदन दिएकी थिइन् । मंगलबार भेटिएको शव उनकै हुनसक्ने आशंका स्थानीयको छ । 

डीएसपी बाखुले शव कुहिएको अवस्थामा भेटिएकोले पहिचान गर्न अप्ठ्यारो भएको र अनुसन्धानपछि थप कुरा खुल्ने जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?