प्रतिपक्षी दलहरु सरकारलाई बदनाम गर्न र आफू जोगिनमै लागेको छ : प्रधानमन्त्री ओली

लोकपथ
749
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागिपरेको बताएका छन् ।

मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भए पनि विरोधीहरू सपना साकार पार्न नदिन लागि परेको बताएका हुन् ।

प्रधानमन्त्रीले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरु कसरी आफू बच्ने र सरकार र अरूलाई बदनाम गर्ने भन्नेमा लागेको पनि बताए । प्रधानमन्त्री ओलीले यस्ता कुरामा अल्मलिने समय आफूलाई नभएको पनि बताए । देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्ने कुरामा आफ्नो ध्यान रहने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?