नक्कली च्यासिस र नम्बर प्लेट राखेको स्कारपियोसहित दुई जना पक्राउ

लोकपथ
3.7k
Shares

झापा । झापाको मेचिनगर नगरपालिका-६ स्थित काँकडभिट्टा बसपार्क इलाकाबाट नक्कली च्यासिस र नम्बर प्लेट राखिएको स्कारपियो गाडीसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-८ निवासी २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सलबारी पञ्चायतका ३५ वर्षीय निताई घोस रहेका छन् ।

उनीहरूले भारतीय स्कारपियो गाडीमा नेपाली च्यासिस र नम्बर प्लेट राखेर नेपाल ल्याउँदै गरेको अवस्थामा सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको सुरक्षा फौजले उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पछिल्लो समय सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको थियो ।

बरामद गाडीको इञ्जिन नम्बर GCA4D12128, च्यासिस नम्बरMA1TA2GCKA2D32553, र नम्बर प्लेट बा ८ च १३३८ रहेको छ।

पक्राउ परेका दुवै जनालाई गाडीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?