स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

लोकपथ
665
Shares

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहेका थिए । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बीमा सुधार गर्न स्वास्थ्य बीमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताए । 

उनले बीमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने तथा बीमा कोषको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा बोर्डको स्थायी संगठन संरचना स्वीकृतिका लागि पहल गर्ने, स्वास्थ्य बीमाको महत्त्वबारे जनचेतना अभियान चलाउने तथा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता  जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?