बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु

लोकपथ
2.5k
Shares

काठमाडौं । सत्तारुढ दलहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरूको उपस्थिति रहेको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच सरकारको नीति, आगामी रणनीति तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?